नेपालमा थप २२६ जनामा कोरोना संक्रमण, १७९८ पुगे

समाधान संवाददाता
एकैदिन सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस रोग कोभिड १९ रोगको संक्रमण सोमबार देखिएको छ ।
पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितमध्ये जसमा २ सय १३ जना पुरुष र १३ जना महिला छन् ।
मन्त्रालयका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि छ।
आज सोमबार थपिएका २२६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।
नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।
तपाईको प्रतिक्रिया