एकैदिन २३९ संक्रमित, पुगे १८११

काठमाडौं
नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित सोमबार एकैदिन २३९ जनामा संक्रमण पुष्टि भएको छ।
यसअघि सोमबार नै २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो । अब संक्रमितको संख्या १८११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पछिल्लो विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।
पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष छन्।
त्यस्तै रूपन्देही गैडहवा गाउँपालिकामा तीन वर्षीया बालिकासहित ५४ वर्षीय पुरूष थपिएका हुन्।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया