पर्वतमा ५ जनामा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ जेठ २० गते ६:०२

पाेखरा

गण्डकी प्रदेशकाे पर्वत जिल्लामा पनि काेराेनाकाे संक्रमण देखिएकाे छ ।

गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा ५ युवामा संक्रमण भेटिएको हो । उनीहरु जेठ १७ गते भारत हुँदै पर्वत भित्रिएका थिए ।

Advertisement

जिल्लाको माहशिला गाउँपालिकाका ३ र फलेवास नगरपालिका २ जना युवा हुन् ।

सदरमुकाम कुश्मामा क्वारेन्टिनमा राखिएका संक्रमित युवाहरुलाई जिल्लाको कोरोना अस्थायी अस्पतालमा लैजाने तयारी भएको जिल्ला अस्पताल पर्वतका डाक्टर शिशिर देवकोटाले बताए ।

Advertisement

याे बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयले अहिले साढे ६ बजे विज्ञप्ति जारी गर्ने भएकाे छ ।

तपाईको प्रतिक्रिया