आइपासद्वारा गण्डकी स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता
पोखरा, २० जेठ
आइपास नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई २० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । आइसपासका प्रतिनिधि सरस्वती पुरीले प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन र स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मालाई उक्त सामग्री सोमबार हस्तान्तरण गरिन् ।
प्रदेशका जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई ध्यान दिँदै प्रदेशका ५ जिल्लाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको पुरीले जानकारी दिइन् । उनले भनिन्, ‘जोखिम बढिरहेको छ, अग्रमोर्चामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री अभाव नहोस् भनेर प्रदेशमार्फत नवलपरासी, गोरखा, स्याङ्जा, म्याग्दी र पर्वतका लागि सामग्री उपलब्ध गराएका हौं ।’ पुरीले स्वास्थ्य स्वयंसेविकाका लागि पनि सामग्री रहेको जानकारी दिइन् ।
मन्त्री पुनले कोभिडविरुद्धको लडाइँमा सबै क्षेत्रबाट यसरी नै ऐक्यबद्धता, समन्वय र सहयोगको खाँचो औंल्याइन् । प्रदेशका स्वास्थ्य निर्देशक शर्माले प्राप्त सामग्री सम्बन्धित अस्पताल र स्वास्थ्यसंस्थाका चिकित्सक एवं स्वास्थ्यकर्मीमा छिटो पुर्याइने बताइन् ।
आइपासका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवरले स्वास्थ्य सामग्रीमा एन ९५ मास्क र अन्य मास्क, पञ्जा, गाउन, एप्रोन, पिपिइ, आवश्यक औषधिलगायत सामग्री रहेको जानकारी दिइन् । उनका अनुसार आइपासले सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाका लागि गण्डकी प्रदेशलाई सहयोग गर्दै आएको छ ।
अहिलेको जोखिमपूर्ण अवस्थामा भने गण्डकीसँगै अन्य प्रदेशमा पनि कोभिड –१९ विरुद्ध स्वास्थ्य सामग्री सहयोग गरिँदैआएको उनले बताइन् ।









महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया