विश्वभर काेराेनाले ३ लाख ७५ हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ २० गते ६:५५

पाेखरा
कोरोना संक्रमणपछि विश्वभर ३ लाख ७५ हजार २ सय ८ जनाको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी १ लाख ५ हजार ९९ जनाको मृत्यु भएको छ।

बेलायतमा ३९ हजार १ सय २७, इटालीमा ३३ हजार ४ सय ७५, ब्राजिलमा २९ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ।

Advertisement

विश्वभर ६२ लाख ५९ हजार ८ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या अमेरिकामा १८ लाख ९ हजार १ सय ९ छ।

ब्राजिलमा ५ लाख २६ हजार ४ सय ४७, रुसमा ४ लाख १४ हजार ३ सय २८, बेलायतमा २ लाख ७७ हजार ७ सय २७, स्पेनमा २ लाख ३९ हजार ६ सय ३८, इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

विश्वभर २६ हजार ९२ हजार ५ सय २८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा नै बढी अर्थात् ४ लाख ५८ हजार २ सय ३१ छ।

ब्राजिलमा २ लाख ११ हजार ८०, रुसमा १ लाख ७५ हजार ५ सय १४, जर्मनीमा १ लाख ६५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया