प्रदेश २ मा मात्र संक्रमितको संख्या ८१५, आजै १२० थपिए
समाधान संवाददाता
२०७७ जेठ २० गते १४:५३
समाधान संवाददाता
प्रदेश नम्बर २ मा आज थप १२० जना कोरोना भाइरस संक्रमित थपिएका छन । भारतीय सिमाबाट नेपाल प्रवेश सहज भएसंगै नेपालमा द्रुत गतिमा कोरोना भाइरस संक्रमित थपिएका छन ।
मंगलबार मात्र गण्डकी प्रदेशमा १० जना, कर्णालीी प्रदेशमा २९ नयाँ संक्रमित थपिएका थिए । अब प्रदेश २ को पनि जोड्दा मंगलबार नयाँ थप १५९ जना नयाँ संक्रमित थपिइसकेका छन् ।
प्रदेश २ का १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ अधिकृत एवं प्रवक्ता विजय झाले जानकारी दिएका छन् ।
यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया