म्याग्दीमा क्वारेन्टाइनमा बसेका १ य‍ुवा पौडी खेल्दा बेपत्ता

समाधान संवाददाता २०७७ जेठ २० गते १६:०९

राकेश शर्मा
म्याग्दी, २० जेठ

Advertisement

म्याग्दीको मालिका गाउँपालिकाको ६ दरबाङस्थित छारछारेमा रहेको क्वारेन्टाइनमा बसेका एक युवा म्याग्दी खोलामा पौडी खेल्दा बेपत्ता भएका छन् ।

दरबाङ बजार नजिकै छारछारेको क्वारेन्टाइन नजिकै रहेको झोलुङे पुलबाट पौडी खेल्नका लागि गएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ वर्षका राजेश थापा मंगलबार बेपत्ता भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

Advertisement

रोजगारको सिलसिलामा भारतबाट आएका १८ जनाको पिसिआर नेगेटिभ आएपछि मालिकाको क्वारेन्टाइनमा राखिएको थियो । छिमेकी धवलागिरी गाउँ पालिकाकालाई समेत मालिकामै राखिएको थियो ।

बेपत्ताको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । पौडी खेल्न जान्ने भन्दै युवा हाम फालेको केहीबेरमै बेपत्ता भएको उनका साथीहरुले बताएका छन् ।

Advertisement

अध्यक्ष रोका र दरबाङ प्रहरीको टोलीले बेपत्ता युवाको खोजी कार्य गरिरहेका छन् । युवालाई बेनीको क्वारेन्टाइनमा रहेका युवालाई ३ दिन अघि दरबाङ क्वारेन्टाइनमा लगिएको थियो ।

तपाईको प्रतिक्रिया