कास्कीमा चार्टड एकाउन्टेन्ट्स संघको शाखा, संयोजकमा लामिछाने

समाधान संवाददाता २०७७ जेठ २० गते १९:३६

पोखरा, २० जेठ

चार्टड एकाउन्टेन्ट्स(सिए)हरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स संघले कास्कीमा नयाँ शाखा समिति गठन गरेको छ । कास्कीमा कार्यरत चार्टड एकाउन्टेन्ट्सको अनलाइनमार्फत भएको भेलाबाट गत बुधबार सागर लामिछानेको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समितिको सचिवमा दीपक भुर्तेल, कोषाध्यक्षमा विवेक श्रेष्ठ र सदस्यहरुमा पुरोचन उदास, अमित गौतम, विक्रम पराजुली र सागर आचार्य चयन भएका छन् । समितिको सल्लाहकारका रुपमा विमल लम्साल, अर्जुन गोशेली , अमित थापा र सविना महर्जन चयन भएका छन् ।

संघका कास्कीबाहेक राजधानी बाहिर मात्रै तीनवटा कार्यसमिति पहिलैदेखि नै सक्रिय छन् ।

कास्कीमा मात्रै ४५ जनाको हाराहारीमा सिएहरु कार्यरत रहेको र शाखा समितिले लेखा व्यवसाय र समग्र अर्थतन्त्रमा सिएहरुको बढ्दो भूमिकालाई उजागर गर्न अहम् भूमिका खेल्ने जानकारी नवगठित समितिका संयोजक सागर लामिछानेले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया