मुस्ताङमा आरडिटी पाेजेटिभ देखिएका ७ जनाकाे नमुना पिसिआरलाई पठाइयाे

समाधान संवाददाता २०७७ जेठ २० गते २१:१४

एसके थकाली, जाेमसाेम

मुस्ताङमा ७ जना व्यक्तिको स्वाब नमूना पोखरा पठाइएको छ । उनीहरु सबैको थासाङ ४ को घासा कोरोना क्लिनिक र जोमसोम अस्पतालमा गरिएको आरडिटी परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएपछि पिसिआर परीक्षणका लागि नमूना पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

कोरोना आशंका गरिएका मध्ये ५ जनाको थासाङको घासा क्लिनिक र २ जना महिला स्वास्थ्यकर्मीको जोमसोम अस्पतालमा आरडीटी परीक्षण गरिएको थियो ।

Advertisement

कोरोना सम्भावित ५ पुरुष र २ महिलाको नमूना स्वाब सोमबार ५ जनाको र मंगलबार २ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

आरडीटी परीक्षण गदा रिपोर्ट पोजिटिभ देखिएपछि रुपन्देही जिल्ला घर भएका २७ वर्षीय पुरुष ,चितवनका ३० वर्षीय पुरुष ,कास्कीका ३४ वर्षीय पुरुष, बाग्लुङका ३५ वर्षीय पुरुष र बर्दियाका १९ वर्षीय पुरुषको नमूना स्वाब पोखरा पठाइएको हो ।

Advertisement

यस्तै, जिल्ला अस्पतालका महिला स्वास्थ्यकर्मीको पनि मंगलबार स्वाब पोखरा पठाइएको जिल्ला अस्पताल जोमसोमका मेसु शिव भण्डारीले जानकारी दिए ।

पोखरा पठाएको ५ जना व्यक्तिको पिसिआर रिपोर्ट आजै बेलुकीसम्म आउने अस्पतालले जनाएको छ । चालु आवको विकासे योजनाका काम संञ्चालन गर्ने मुस्ताङमा धमाधम निर्माण सामग्री ल्याउने र मजदुर भित्रिने क्रममा मुस्ताङ र म्याग्दीको सीमानाकामा नियमित आरडिटी परीक्षण भइरहेको छ।

७ जनालाई जिल्ला अस्पताल जोमसोमको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । यस्तै उनीहरुसँगै सम्पर्कमा आएका केही व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

मुस्ताङबाट स्वाब नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाउन समस्या देखिएको छ । स्वाब पठाउन १ सय ६० किलोमिटरको दुरी पार गर्नुपर्ने हुँदा स्वाब बोक्ने सवारी साधनको समस्या देखिएको मुस्ताङका सिडिओ वेदप्रकाश अर्यालले जानकारी दिए ।

उनले र्‍यापिड टेष्टको दायरा बढेको र सम्भावित कोरोना संक्रमित बढ्न थालेकाले समस्या उत्पन्न भएको बताए । मुस्ताङमा आइसोलेसन बेड समेत न्युन भएकाले बेड संख्या बढाउन आवश्यक भएको छ।

मुस्ताङमा सोमबारदेखि स्थानीयमा कोरोना त्रास बढेको छ । सीमानाकामा आरडीटी पोजिटिभ रिपोर्ट आएपछि स्थानीयमा त्रास बढेको मुक्तिनाथ ग्राण्ड समलाका प्रोपाइटर सुरज गुरुङले जानकारी दिए ।कोरोना त्रास वृद्धिसँगै मुस्ताङका कतिपय गाउँमा बन्दाबन्दी एकान्तबासलाई कडाइ गर्न थालिएको छ।

जिल्ला मुस्ताङमा ७ जना व्यक्तिको स्वाब नमूना पोखरा पठाइएको छ । उनीहरु सबैको थासाङ(४ को घासा कोरोना क्लिनिक र जोमसोम अस्पतालमा गरिएको आरडीटी परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि नमूना पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

कोरोना आशंका गरिएका मध्ये ५ जनाको थासाङको घासा क्लिनिक र २ जना महिला स्वास्थ्यकर्मीको जोमसोम अस्पतालमा आरडीटी परीक्षण गरिएको थियो ।

कोरोना सम्भावित ५ पुरुष र २ महिलाको नमूना स्वाब सोमबार ५ जनाको र मंगलबार २ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

आरडीटी परीक्षण गदा रिपोर्ट पोजिटिभ देखिएपछि रुपन्देही जिल्ला घर भएका २७ वर्षीय पुरुष ,चितवनका ३० वर्षीय पुरुष ,कास्कीका ३४ वर्षीय पुरुष, बाग्लुङका ३५ वर्षीय पुरुष र बर्दियाका १९ वर्षीय पुरुषको नमूना स्वाब पोखरा पठाइएको हो ।

यस्तै, जिल्ला अस्पतालका महिला स्वास्थ्यकर्मीको पनि मंगलबार स्वाब पोखरा पठाइएको जिल्ला अस्पताल जोमसोमका मेसु शिव भण्डारीले जानकारी दिए ।

पोखरा पठाएको ५ जना व्यक्तिको पीसीआर रिपोर्ट बेलुकीसम्म आउने अस्पतालले जनाएको छ ।चालु आवको विकासे योजनाका काम संञ्चालन गर्ने मुस्ताङमा धमाधम निर्माण सामाग्री ल्याउने र मजदुर भित्रिने क्रममा मुस्ताङ र म्याग्दीको सीमानाकामा नियमित आरडीटी परीक्षण भइरहेको छ।

७ जनालाई जिल्ला अस्पताल जोमसोमको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । यस्तै उनीहरुसँगै सम्पर्कमा आएका केही व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

मुस्ताङबाट स्वाब नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाउन समस्या देखिएको छ । स्वाब पठाउन १ सय ६० किलोमिटरको दुरी पार गर्नुपर्ने हुँदा स्वाब बोक्ने सवारी साधनको समस्या देखिएको मुस्ताङका सिडिओ वेदप्रकाश अर्यालले जानकारी दिए ।

उनले र्‍यापिड टेष्टको दायरा बढेको र सम्भावित कोरोना संक्रमित बढ्न थालेकाले समस्या उत्पन्न भएको बताए । मुस्ताङमा आइसोलेसन बेड समेत न्युन भएकाले बेड संख्या बढाउन आवश्यक भएको छ।

मुस्ताङमा सोमबारदेखि स्थानीयमा कोरोना त्रास बढेको छ । सीमानाकामा आरडीटी पोजिटिभ रिपोर्ट आएपछि स्थानीयमा त्रास बढेको मुक्तिनाथ ग्राण्ड समलाका प्रोपाइटर सुरज गुरुङले जानकारी दिए ।कोरोना त्रास वृद्धिसँगै मुस्ताङका कतिपय गाउँमा बन्दाबन्दी एकान्तबासलाई कडाइ गर्न थालिएको छ।

तपाईको प्रतिक्रिया