पाकिस्तानी मन्त्रीको कोरोना भाइरसबाट मृत्यु

समाधान संवाददाता २०७७ जेठ २१ गते ७:२८

एजेन्सी

कोरोना भाइरस संक्रमित भएका एक जना पाकिस्तानी मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको एजेन्सीशरुले बताएका छन ।

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई घरमै आइसोलेसनमा राखिएको थियो । घरमा स्थिति भएपछि अस्पताल भर्ना गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् ।

Advertisement

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टीको कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया