देउवाको ‘बोल्ड डिसिजन’, तत्काल कर नतिर्न व्यवसायीलाई आब्हान

समाधान संवाददाता
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोल्ड डिसिजन लिदै तत्काल कर नतिर्न व्यवसायीहरुलाई आब्हान गरेका छन । यसले जेठ २५ भित्र कर उठाउने सरकारी प्रयासलाई अप्ठेरो पारेको छ ।
देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका हुन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गर्दै नतिरेमा जरिवाना लाग्ने उसले बताएको थियो ।
देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।
‘सरकारले अनुदार ढंगले ताकेता गरेकाले त्यसको भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’ देउवाले भनेका छन ।
देउवाले अनावश्यक खर्च नघटाएको भन्दै सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् । उनले पीसीआर परीक्षण गरेर साना(ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएकोमा पनि रोस प्रकट गरेका छन् ।
देउवाले कर तिर्ने समयावधी थप गर्न पनि माग गरेका छन ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया