चर्को विरोध भएपछि कर तिर्ने समय असार ७ सम्म थप
समाधान संवाददाता
२०७७ जेठ २१ गते १५:५७

समाधान संवाददाता
सरकारले कर तिर्ने समयावधी असार ७ गतेसम्म थप गरेकाे छ ।
चौतर्फी विरोधपछि आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएर असार ७ सम्म पु¥याएको हो ।
सरकार आफैले लकडाउन जेठ महिनाभर थप गरिरहँदा कर तिर्न भनेको भन्दै चौतर्फी आलोचना भएको थियो।

सम्बन्धित
तपाईको प्रतिक्रिया