नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो, संक्रमित २३००

समाधान संवाददाता २०७७ जेठ २१ गते १७:०४

समाधान संवादाता

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ।

Advertisement

डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए। १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

आइसियूमा उपचारका क्रममा नै उनको निधन भएको डा देवकोटाले जानकारी दिए। नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको प्रवक्ता डा देवकोटाले बताए। आज थप २०१ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमित २३ सय पुगेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया