पाेखरा १३मा घरको छतमा झगडा, छतबाट खसेर २ घाइते ३ जना पक्राउ
समाधान संवाददाता
२०७७ जेठ २१ गते १७:१७

पोखरा, २१ जेठ
घरको छतमा झैझगडा गर्दा पोखराको वडा नम्बर १३ मा २ जना छतबाट खसेर घाइते भएका छन् ।
पोखरा १३ माछापोखरीमा चन्द्रबहादुर सार्कीको घरमा ५ जनाबीच बुधबार दिउँसो झगडा हुँदा ३० वर्षे विशाल नेपाली र ३५ वर्षका विकास नेपाली छतबाट खसेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
विशाल, विकास, मनोजकुमार दास, अर्जुन नेपाली र सन्तोष नेपालीबीच घरको छतमा झगडा भएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले चन्द्रबहादुर, मनोजकुमार दास, अर्जुन नेपाली र सन्तोष नेपालीलाई नियन्यत्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
झगडा के विषयमा भएको थियो भन्ने प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन ।
सम्बन्धित





पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया