जिपी अस्पतालको ओपिडी सेवा भोलिबाट चल्ने
समाधान संवाददाता
२०७७ जेठ २१ गते १९:३३
समाधान संवाददाता
दुलेगौंडा, २१ जेठ
शुक्लागण्डकी नगरपालिका–५, झरौटामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले बिहीबारदेखि ओपिडीसहितको सबै सेवा सुचारु गर्ने भएको छ ।
तनहुँमा संक्रमित पुष्टि भएका २८ वर्षीय युवालाई जेठ १८ गते सो अस्पतालमा ल्याएपछि स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै अन्य सेवाहरु बन्द गरिएको थियो ।
उनलाई अस्पतालको माथिल्लो तल्लाको आइसोलेसन कक्षमा राखिएको छ । उनको अवस्था सामान्य छ । सो अस्पतालमा १२ बेडको आइसोलेसन बेड बनाइएको छ ।
उनको अवस्था सामान्य रहेकाले विशेष तयारीका साथ ओपिडी, इमर्जेन्सी र बिमाका बिरामीलाई मध्यनजर गर्दै शुरु गर्न लागेको बुधबार अस्पताले विज्ञप्ति निकालेर जनाएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया