बाग्लुङ, म्याग्दी, पर्वत र स्याङ्जामा थपिए १६ संक्रमित, गण्डकी प्रदेशभर ५४ जना पुगे

समाधान संवाददाता २०७७ जेठ २२ गते ६:५१

समाधान संवाददाता

गण्डकी प्रदेशका ४ जिल्लामा १६ जना संक्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङको निसीखोला गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका २२ र २९ वर्षका २ जना पुरुष र ३३ का १ जना महिलामा कोरोना पुष्टि भएको छ ।

Advertisement

बाग्लुङकै वडीगाड गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १६, २०, २१ र २५ वर्षका ४ पुरुषमा पनि कोरोना देखिएको छ ।

बाग्लुङकै गल्कोट नगरपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका २०, २२ र २३ वर्षका ३ जना पुरुष गरी बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Advertisement

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १८ वर्षे का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी पर्वत जिल्लाको फलेबास नगरपालिका घर भएर कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २१ वर्षका २ जना पुरुष र सोही जिल्ला बिहादी गाउँपालिका घर भएर कुश्माकै क्वारेन्टाइनमा रहेका २४ र २८ वर्षका २ जना पुरुषमा समेत गरी पर्वत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दी जिल्लाको मंगला गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १९ वर्षे १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
उनी सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

तपाईको प्रतिक्रिया