चिन र अमेरिकाबिच हवाई सेवा युद्ध सुरु, अब चिनिया जहाँजले पनि अमेरिकामा उडान भर्न नपाउने

समाधान संवाददाता २०७७ जेठ २२ गते ८:१८

एजेन्सी

कोरोना भाइरसको संक्रमण पछि झनै बिग्रदै गएको अमेरिका चिन सम्बन्ध अझै कठिन मोडमा पुगेको छ । अब अमेरिकी जहाँजले चिनमा र चिनिया जहाजले अमेरिकामा उडान भर्न नपाउने भएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पछि अर्को निर्णय गर्दै चिनमाथि आक्रमण गरिरहेको बेलामा चिनले पनि कडा प्रतिवाद गरिरहेको छ । यसअघि चिन चुपचाप बसेर कुटनितिक ढंगले मात्र प्रतिवाद गर्दथ्यो । अब अवस्था त्यस्तो रहेन । अमेरिकी राष्ट्रपति ट्रम्पले हरेक पत्रकार सम्मेलनमा चिनमाथि आक्रमण गर्छन भने चिनको विदेश मन्त्रालयले हरेक दिन गर्ने पत्रकार सम्मेलनमा त्यसको प्रतिवाद गर्छ ।

Advertisement

अब यो सम्बन्ध हवाई उडान बन्द गर्ने सम्म पुगिसकेको छ । यसअघि हरेक आक्रमण अमेरिकाबाट सुरु हुन्थ्यो । हवाई सेवा बन्द गर्ने कार्यको सुरुवात भने चिनले गर्यो । चिनले जुन १ देखि दुई अमेरिकी जहाज कम्पनीलाई चिनमा उडानमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध खुलाउन गरिएको अमेरिकी प्रयास सफल भएन ।

त्यसपछि २ जहाज कम्पनीलाई प्रतिबन्ध लगाएको जवाफमा अमेरिकी राष्ट्रपतिले ४ चिनिया कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पको घोषणा अनुसार जुन १६ पछि एअर चाइना सहितका ४ विमान कम्पनीका जहाजले अमेरिकामा उडान भर्न पाउने छैनन् । उनले यो निर्णय जुन १५ भन्दा चाडै पनि लागु हुन सक्ने पनि चेतावनी दिएका छन् ।

Advertisement

अमेरिकाले कोरोना भाइरस चिनले फैलाएको आरोप लगाउदै आएको छ भने चिनले अस्विकार गर्दै आएको छ । यही अमेरिकी आरोप अस्वीकार गरेको कारण ट्रम्पले विश्व स्वास्थ्य संगठनसंग समेत सम्बन्ध तोडेको घोषणा गरेका छन्

यस्तै अमेरिकाले ३५ चिनिया कम्पनीलाई समान बिक्री गर्न प्रतिबन्ध लगाएको छ भने अध्ययनका लागि अमेरिका जाने चिनिया विद्यार्थीलाई भिसा दिन पनि बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया