प्रदेश सरकार नभएको भए कोरोना भाइरस विकराल भैसक्थ्यो–मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७७ जेठ २२ गते १३:५०

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले प्रदेश सरकारको सकृय भूमिका कारण नेपालमा कोरोना भाइरसले विकराल रुप लिन नसकेको बताएका छन् । उनले यसमा गण्डकी प्रदेश अग्रणी रहेको दावी समेत गरे ।

गण्डकी प्रदेश सरकारले चैत्र नै ७ गते नै प्रदेश लकडाउन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसपछि मात्र संघीय सरकारले निर्णय गरेको बताए ।

Advertisement

प्रदेश सरकारले केही गरेन भन्ने सांसदलाई लक्षित गर्दै उनले गरेको कामको प्रसंसा गर्न आग्रह समेत गरे ।

सरकारको नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको जवाफ दिर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले कोरोनो भाइरस नियन्त्रण, रोकथाम र उपचारमा गरेको कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया