अर्काे पिसिआर मेसिन खरिद गर्दै प्रदेश सरकार

समाधान संवाददाता २०७७ जेठ २२ गते १४:००

पाेखरा

गण्डकी प्रदेश सरकारले थप १ पिसिआर मेसिन खरिद गर्ने भएको छ । प्रदेशमा हाल २ वटा पिसिआर मेसिन छन् ।

नीति तथा कार्यक्रममा संसदमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै उनले हाल दैनिक ५ नमुना परीक्षण गर्ने क्षमता रहेकोमा नयाँ खरिद गरेपछि दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने बताए ।

Advertisement

कोभिडको प्रभावपछि पोखरामा प्रदेश प्रयोगशाला स्थापना भएको भन्दै उनले साउनसम्म मुलुकबाहिरबाट ३० हजार मान्छे हाम्रो प्रदेशमा आउने अनुमान रहेको बताए । उनले भने, ‘ती सबैको पिसिआर टेस्ट गर्नुपर्छ । महिनामा १० हजारको टेस्ट गर्नसक्नुपर्छ ।

हाल प्रदेशमा भिटिएम ६ सय मौज्दात रहेको र २६ हजार खरिद गर्न १० दिने सूचना जारी गरेको जानकारी उनले दिए । उनले भने, ‘केन्द्रको भर परेका छैनौं । हामीले चाहिने बेलामा पाएका छैनौं । हाम्रो तयारी हामी आफैंले गरेका छौं । क्षमता अनुसार काम गरेका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया