गण्डकीमा विदेशबाट ३० हजार मानिस फर्कदैछन, सबैको पिसिआर टेष्ट गर्छौ –मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७७ जेठ २२ गते १४:०६

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले आगमी साउन महिनासम्ममा गण्डकी प्रदेशमा विदेश गएका ३० हजार नागरिक फर्कने अनुमान गरेका छन ।

गण्डकी सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रनको जवाफ दिने क्रममा उनले भारत र तेश्रो मुलुकबाट साउन महिनासम्ममा ३० हजार नागरिक फर्कने भएकाले उनीहरुलाई लक्षित गरेर सरकारले योजना बनाइरहेको बताए ।

३० हजार जना सबैको पिसिआर टेष्ट हुन्छ भन्दै त्यसका लागि पिसिआर म्यासिन थप्न थालिएको बताए ।

विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने ब्यवस्था पनि गरिएको दावी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया