‘यसै बर्षबाट मनाङ र मुस्ताङमा कस्तुरी मृगको व्यवसायिक पालन’

समाधान संवाददाता २०७७ जेठ २२ गते १५:०८

समाधान संवाददाता

गण्डक्री प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले प्रदेशको हिमाली जिल्ला मुस्ताङ र मनाङमा कस्तुरी मृगको व्यवसायिक पालन आगामी आर्थिक बर्षबाटै सुरु गरिने बताएका छन् ।

गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री गुरुङले कस्तुरीको व्यवसायिक फार्म यसै बर्ष सुरु गर्ने जानकारी दिएं ।

Advertisement

कस्तुरी मृगको बिना निकै महङ्गोमा बिक्री हुन्छ । नेपालमा पनि तस्करहरुले कस्तुरी मृग मारेर तस्करी गर्ने गर्दछन् ।

मुख्यमन्त्री गुरुङले छिमेकी मुलुक चिनमा कस्तुरीको व्यवसायिक पालन भैरहेको छ भन्दै मनाङ र मुस्ताङमा यसको फार्म सम्भव भएकाले आफुले चिनियाँ कम्पनीसँग कुरा गरेको समेत सदनलाई जानकारी गराए ।

Advertisement

‘१९५० देखि चीनले कस्तुरी फार्मिङ सुरु गरेको हो । हामीले पनि गरौं न । चीनमा सुरु गर्दा कस्तुरीको बिनाको मूल्य सुनको भाउभन्दा ५ गुणा कम थियो । अहिले ५ गुना बढी महँगो छ ।’ उनले भने– कस्तुरीको बिनाबाट अनेकथरी औषधी बन्छन् । त्यसको सम्भावना हामीकहाँ छ, त्यसैले यसै बर्ष देखि कस्तुरी मृगको फार्मिङ हामी सुरु गर्छौं ।

मुख्यमन्त्रीले यसका लागि धेरै बजेट पनि आवश्यक नपर्ने बताए । यो शिर्षकमा बढीमा दुई करोड रुपैया बिनियोजन गर्न लागेको संकेत पनि उनले दिए ।

साथै उनले लिमे भैंसीको फार्म हामी खोल्ने सोच पनि सुनाए । यो भैसीको मासु निकै मिठो हुन्छ भन्दै त्यसको पालन पनि गण्डकी प्रदेशमा सम्भव भएको उनको भनाई थियो ।

त्यस्तै पारकोटे भैंसीको संरक्षण गर्ने कार्यक्रम पनि ल्याउन थालिएको जानकरी दिए । ‘ब्याउने बेला भइसक्यो दूध दिइराखेको हुन्छ, यसको बचाउ गरौं न ।’ मुख्यमन्त्री गुरुङले भने– यसको पनि भैंसी रिसर्च फारम खोल्दैछौं ।’ लिमे र पारिकोटे भैंसी कास्की र लमजुङका लेकलेकमा पालिन्छ ।

तपाईको प्रतिक्रिया