बिहीबार एकै दिनमा थपिए ३ सय ३४ जना संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २२ गते १६:४९

पाेखरा
बिहीबार मुलुकभर ३ सय ३४ जनामा काेराेना संक्रमण देखिएकाे छ । काठमाडाै लगायत अन्य प्रदेश र जिल्लाका प्रयाेगशालामा गरिएकाे परीक्षणमा यति धेरै संक्रमण भेटिएकाे हाे ।
याे सँगै मुलुकभर संक्रमितकाे संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार गरेकाे नियमित प्रेस ब्रिफिङमा जनाइएकाे छ ।
भारतबाट फर्कने क्रम बढेकाे र पिसिआर परीक्षणकाे दायरा फराकिलाे बनाउँदै जाँदा संक्रमितकाे संख्या पनि बढ्दै गएकाे हाे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया