काेराेनाबाट ज्यान गुमाउने १० जना पुगे
समाधान संवाददाता
२०७७ जेठ २२ गते १६:५४
पाेखरा
नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ । पाल्पाकाे मिसन अस्पतालमा २ दिन अघि मृत्यु भएका १ पुरुषकाे स्वाब परीक्षण गर्दा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
पाल्पाकाे पूर्वखाेला गाउँपालिका सिलुवा घर भएका ४५ वर्षे पुरुष ५ दिन पहिला भारतबाट आएका थिए ।
सुरुमा गाउँकै क्वारेन्टाइनमा बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पतालमा भर्ना गरिएकाे थियाे । मिसनकाे आइसाेलेसनमै उनकाे मृत्यु भएकाे हाे ।
यसअघि काेराेनाकै कारण नेपालमा २ वर्षे बालिकासहित ९ जनाकाे मृत्यु भइसकेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया