राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने
समाधान संवाददाता
२०७७ जेठ २२ गते १७:५८
काठमाडौं
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् ।
संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बिहीबार सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराएका हुन् ।
पत्रमा उनले मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाएका छन् ।
उनले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत पत्रमा अनुरोध गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया