तनहुँका २ पुरुषमा कोरोना संक्रमण, गण्डकीमा ५६ जना पुगे

समाधान संवाददाता २०७७ जेठ २३ गते ६:४७

समाधान संंवाददाता

तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिका ठेगाना भएका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

Advertisement

तनहुँका दुवै संक्रमित स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

तनहुँमा आज भेटिएका २ सँँगै संक्रमितको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

Advertisement

अहिलेसम्म गण्डकी प्रदेशका ११ मध्ये ७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित नभेटिने जिल्लामा कास्की, मनाङ, मुस्ताङ र गोरखा छन् ।

तपाईको प्रतिक्रिया