३ महिनामै फेरिए स्वास्थ्य विभागका महानिर्देशक
समाधान संवाददाता
२०७७ जेठ २३ गते ६:५५
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/mahendra-shrestha-1.jpg)
काठमाडाैं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको वैठकले मन्त्रालयका कर्मचारीको हेरफेर गरी सरुवा गरेको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभाग आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई मन्त्रालयमा सरुवा गरेको छ भने मन्त्रालयमा कार्यरत डा. दीपेन्द्र रमण सिंहलाई विभागको महानिर्देशकको रुपमा नियुक्त गरेको हो।
एक सातादेखि नै कोभिड १९ महामारीको वेला खरिद प्रक्रिया लगात अन्य कामहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनन्तुष्टि जनाउँदै आएका थिए ।
मन्त्री आचार्यले ३ महिना अघि मात्र महानिर्देशक श्रेष्ठलाई मन्त्रालबाट विभागमा नियुक्ति गरेका थिए।
मन्त्रालयका सचिव १ साता अघिमात्र सरुवा भएका थिए । यादव काेइरालाकाे ठाउँमा लक्ष्मण अर्याललाई स्वास्थ्यमा ल्याइएकाे छ
तपाईको प्रतिक्रिया