२५ गतेदेखि आधा यात्रु बोकेर छोटो दुरीका बस चल्न दिन प्रस्ताव
पोखरा, २३ जेठ
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले ईश्वर पोखरेल संयोजकत्वमा गठन गरेको उच्चस्तरीय समन्वय समितिले २५ जेठ र १ असारदेखि लकडाउनको ढाँचा परिवर्तनको प्रस्ताव राखेको छ ।
प्रस्तावमा २५ जेठदेखि जिल्लाभित्रमात्रै चल्ने छोटो दुरीका बस यात्रु क्षमताभन्दा आधामात्रै राख्ने गरी चल्न दिने उल्लेख छ ।
१ असारबाट हवाई सेवा सञ्चालनको प्रस्ताव पनि समितिले राखेको छ ।
१०० भन्दा कम संक्रमित भएका जिल्लामा २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव समितिले गरेको हो ।
लामो दुरीमा पनि आधामात्रै यात्रु राख्ने गरी १ असारबाट यात्रुबहाक बस चल्न दिने प्रस्ताव समितिले गरको छ ।
हवाई सेवा पनि आधा यात्रु राखेर चल्न दिने उसको प्रस्ताव छ ।
मन्त्रिपरिषदको बैठकबाट यी प्रस्ताव भए भने मात्रै यस्तो नयाँ ढाँचा लागु हुनेछ ।
सरकारले जेठ ३२ गतेसम्म पुरानै किसिमको लकडाउन लागू गर्ने निर्णय गरेको पाँच दिनपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिलाई दुई दिनभित्र लकडाउन ढाँचा तयार पार्ने जिम्मेवारी दिएको थियो।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया