थप १ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ११ पुग्यो
समाधान संवाददाता
२०७७ जेठ २३ गते १६:५२

समाधान संवाददाता
नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ औं व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
मृतक पुरुष जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । उनी क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । उनको घर पुगेकै दिन मृत्यु भएको जनाइएको छ ।
योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया