काठमाडौंमा उपचाररत कास्कीका ६० वर्षीय वृद्धमा कोरोना
समाधान संवाददाता
२०७७ जेठ २३ गते १७:०१

समाधान संवादाता
काठमाडौंको निजी अस्पतालमा उपचाररत एक कस्केलीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा कास्की स्थायी ठेगाना भएका ६० वर्षीय वृद्धमा कोरोना देखिएको जानकारी दिए ।
उनी कास्कीको कुन ठाउँका हुन् भन्ने खुलेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयले बाहिरी जिल्लामा भेटिएकालाई प्रदेशको तथ्यांकमा समावेश नगरे पनि स्वास्थ्य मन्त्रालयले स्थायी ठेगानालाई नै आधार मान्ने गरेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । तीमध्ये हालसम्म ३३३ जना उपचारपछि निको भएका छन्।
गण्डकी प्रदेशमा भने अहिलेसम्म ५६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३ जना निको भएका छन् ।
सम्बन्धित







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया