रक्तसञ्चारको सहायता कोषमा १ लाख प्रदान

समाधान संवाददाता २०७७ जेठ २३ गते १८:२७

समाधान संवाददाता
पोखरा, २३ जेठ

Advertisement


नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित क्षेत्रीय रक्तसञ्चार केन्द्रको सहायता कोषमा जिल्ला सहकारी संघ कास्कीले शुक्रबार १ लाख १ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।


केन्द्रले उक्त कोषबाट गरिब, असहाय, असक्त र ज्येष्ठ नागरिकलाई निशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ । लकडाउनका कारण सहकारी दिवस मनाउन नसकिएको र त्यसका लागि खर्च हुने रकम कोषमा प्रदान गरिएको जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले जानकारी दिए । संघले कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहकारी महासंघको खातामा पनि १ लाख रुपैयाँ जम्मा गरेको छ ।

Advertisement

रक्त सञ्चार केन्द्रलाई रकम हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहकारी महाशाखा प्रमुख एवं सहकारी रजिस्ट्रार प्रेम ढकालले मानवीय सेवामा समर्पित केन्द्रलाई रकम प्रदान गरेर अत्यन्तै उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा सहकारी संघ जिल्ला अध्यक्ष तिवारी, नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्ष डोलराज पाण्डेले सहकारी र रगतको महत्वका बारेमा बोलेका थिए । नेरेसो कास्की उपाध्यक्ष डण्डराज पौडेलले समन्वय गरेको कार्यक्रममा नेरेसो कास्कीका मन्त्री धर्मराज अधिकारी, जिल्ला सहकारी संघ बोर्ड सदस्यद्वय पुण्य पौडेल र तेजनारायण अधिकारी सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया