३ दिनअघि पोखराबाट लगिएकाे थियाे काठमाडौंमा पुष्टि भएका संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २३ गते १९:३७

समाधान संवाददाता
पोखरा
काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ६० वर्षे पुरुष ३ दिन अघि पोखराबाट काठमाडौं गएको खुलेको छ ।
बिरामी अवस्थामा भेटिएदेखि काठमाडौं पुर्याउने बेलाम्म धेरैजना उनको सम्पर्कमा आएकाले उनीहरुको ट्रेसिङमा अब प्रदेश सरकारले सक्रियता जनाउनुपर्ने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले ट्रेसिङकाे काम शुक्रबार दिउँसाेबाटै थालेकाे छ । अहिलेसम्म काेराेना संक्रमित नभेटिएकाे कास्कीमा याे केसपछि भने खतरकाे घन्टी बजेकाे छ ।
मंगलबार बिहान कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
उनी आलुमाइला चाेक नजिकै बस्दै आएका थिए । काठमाडाैं पुगेलगत्तै नमुना संकलन गरिएकाेमा शुक्रबार नतिजा पाेजेटिभ आएकाे थियाे ।
तपाईको प्रतिक्रिया