रुपाका संक्रमित ३ दिन अघि हैदरावादबाट आएका थिए

समाधान संवाददाता २०७७ जेठ २४ गते ६:४४

पाेखरा

Advertisement

कास्कीकाे रुपमा शनिबार काेराेना संक्रमण पुष्टि भएका २ युवा ३ दिन अघिमात्र भारतकाे हैदरावादबाट आएकाे खुलेकाे छ ।

गाउँपालिका अध्यक्ष नवराज ‌ओझाका अनुसार हंसपुर घर भएका ३२ र २३ वर्षे युवा भारतबाट आएर हंसपुरकाे रामकाेटस्थित क्वारेन्टाइनमा बसेका थिए । हैदराबादबाट ४ जनाकाे टाेली रुपामा आएकाे थियाे । रामकाेटकाे क्वारेन्टाइनमा अहिले २२ जना छन् ।

उनीहरु आएलगत्तै स्वाब संकलन गरिए पनि शनिबार मात्र नतिजा आएकाे हाे ।

स‌ंक्रमित दुवै जनालाई पाेखराकाे काेराेना डेडिकेटेड अस्पताल ल्याउने तयारी भइरहेकाे अध्यक्ष ओझाले बताए ।

Advertisement

शनिबार बिहान कास्कीमा ३ सहित गण्डकीमा १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

तपाईको प्रतिक्रिया