रुपाका संक्रमित ३ दिन अघि हैदरावादबाट आएका थिए
समाधान संवाददाता
२०७७ जेठ २४ गते ६:४४

पाेखरा
कास्कीकाे रुपमा शनिबार काेराेना संक्रमण पुष्टि भएका २ युवा ३ दिन अघिमात्र भारतकाे हैदरावादबाट आएकाे खुलेकाे छ ।
गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार हंसपुर घर भएका ३२ र २३ वर्षे युवा भारतबाट आएर हंसपुरकाे रामकाेटस्थित क्वारेन्टाइनमा बसेका थिए । हैदराबादबाट ४ जनाकाे टाेली रुपामा आएकाे थियाे । रामकाेटकाे क्वारेन्टाइनमा अहिले २२ जना छन् ।
उनीहरु आएलगत्तै स्वाब संकलन गरिए पनि शनिबार मात्र नतिजा आएकाे हाे ।
संक्रमित दुवै जनालाई पाेखराकाे काेराेना डेडिकेटेड अस्पताल ल्याउने तयारी भइरहेकाे अध्यक्ष ओझाले बताए ।
शनिबार बिहान कास्कीमा ३ सहित गण्डकीमा १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।





एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया