विश्वभर काेराेनाले ३ लाख ९४ हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ २४ गते ७:२४

पाेखरा

विश्वभर कोरोना संक्रमणपछि ३ लाख ९४ हजार २८ जनाको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी अर्थात् १ लाख ९ हजार ४२ छ ।

Advertisement

बेलायतमा ४० हजार ३ सय ४४, ब्राजिलमा ३४ हजार २१, इटालीमा ३३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ।

पछिल्लाे विवरण अनुसार विश्वभर ६७ लाख २४ हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी १८ लाख ९४ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१, रुसमा ४ लाख ४९ हजार २ सय ५६, बेलायतमा २ लाख ८४ हजार ७ सय ३४, स्पेनमा २ लााख ४० हजार ९ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर २९ लाख ९६ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा ४ लाख ९१ हजार ७ सय ६ जना संक्रमणमुक्त भएका छ्न्। ब्राजिलमा २ लाख ५४ हजार ९ सय ६३, रुसमा २ लाख १२ हजार २ सय ३७, जर्मनीमा १ लाख ६८ हजार ४ सय ८० जना संक्रमणमुक्त भएकाे पछिल्लाे विवरणमा जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया