वालिङकी संक्रमितलाई पोखराबाट स्याङ्जाकै आइसोलेसनमा फर्काइने

समाधान संवाददाता २०७७ जेठ २४ गते ८:१८

समाधान संवाददाता

Advertisement

पोखरामा उपचाररत वालिङकी कोरोना संक्रमित महिलालाई आज स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पताल लगिने भएको छ ।

जिल्लामा आइसोलेसन बनाइएकाले उनलाई उपचारका लागि उतै लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । वालिङ १३ घर भएकी ३९ वर्षीया ती महिलामा १४ जेठमा कोरोना पुष्टि भएको थियो ।

‘उता आइसोलेसन बनेको छ । त्यसैले उहाँलाई आज उतै लगिन्छ । उहाँको छोरा र देवारलाई संक्रमण भएको रहेछ,’ उनले भने । स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा ५० बेडको आइसोलेसन तयार पारिएकाले उतै लगिने निर्देशक शर्माले जनाए । उक्त अस्पतालमा वाइफाई लगायत सुविधा उपलब्ध छन् ।

 स्याङ्जा जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि जेठ १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । निर्देशक शर्माका अनुसार उनको अवस्था अहिले सामान्य छ ।

Advertisement

तपाईको प्रतिक्रिया