कास्कीका ३ संक्रमित क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना

समाधान संवाददाता २०७७ जेठ २४ गते १४:३७

समाधान संवाददाता

कास्कीका ३ जना कोरोना संक्रमित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् । शनिबार कोरोना संक्रमण पुष्टि भएका रुपा गाउँपालिकाका २ पुरुष र पोखराका १ गरी ३ पुरुषलाई आइसोलेसनमा राखिएको हो ।

रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २३ र ३२ वर्षका पुरुष र पोखरा महानगरको लेकसिटी हस्पिटलमा क्वारेन्टाइनमा बसेका ५९ वर्षका पुरुष आइसोलेसनमा भर्ना भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

उनका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ । कास्कीमा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १ जनालाई उपचारका लागि ४ दिन पहिले हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । उता लगेर परीक्षण गर्दा शुक्रबार कोरोना पोजेटिभ आएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया