संक्रमितसँगको सम्पर्कका व्यक्तिसँगै थिए मन्त्री विकास लम्साल

समाधान संवाददाता
कास्कीका पहिलो संक्रमित पुरुषसँग सम्पर्कमा ३५ जना व्यक्तिहरु पत्ता लागिसकेका छन् । उनीहरु सबैलाई होम क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
ती व्यक्तिहरु होम क्वारेन्टिनमा बस्नु अघि अरु को कोसँग सम्पर्कमा थिए भन्ने खोजीनीति गरिएको छैन । ‘अहिले दोस्रो लेयरको मात्र कन्ट्र्याक्ट ट्रेसिङ गरेका छौं, यिनीहरुको परिक्षण पोजेटिभ आएमा तेस्रो तहको ट्रेसिङ गर्ने गरिएको छ ।’ एसपी कार्कीले भने ।
ती संक्रमितलाई भेट्ने व्यक्तिहरु हाइप्रोफाइलकै भएकाले उनीहरुको सम्पर्क पनि हाइप्रोफाइलसँगै भएको पाइएको छ । तिनै हाइप्रोफाइलमध्येका एक हुन् गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल ।

मन्त्री लम्साल शुक्रबार एक वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि बनेर गएका थिए । सो कार्यक्रमको आयोजक संस्थाका अगुवा तिनै संक्रमित व्यक्तिको सम्पर्कमा गएका व्यक्ति हुन् । अहिले उनी होम क्वारेन्टिनमा छन् ।
शुक्रबार विश्व वातावरण दिवस हो । सोही अवसरमा पोखराको फेवाताल किनारामा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । आयोजक संस्थाका अगुवाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कार्यक्रममा सहभागीलाई धन्यवाद दिएका छन् । उनले मन्त्रीले बिरुवा रोप्दै गरेको सहितका फोटोहरु समेत पोष्ट गरेका छन् । फोटोमा सशस्त्र प्रहरी गणका प्रमुख राजेन्द्र बिष्ट पनि देखिएका छन् ।

अहिले होम क्वारेन्टिनमा बसेका आयोजकका ती अगुवा व्यक्तिले सामाजिक दुरी कायम गरेर बिरुवा राेपिएको दावी गरे । ‘कोही कसैको नजिक नगइकन वृक्षरोपण गरेका थियौं,’ उनले भने । तर सामाजिक दुरी कायम गरेकाे तस्विरमा देखिदैन ।










शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया