गाेरखासहित ४ जिल्लामा ३८ संक्रमित थपिए, गण्डकीमा १ सय १३ पुगे

समाधान संवाददाता २०७७ जेठ २५ गते ६:१६

पाेखरा

गण्डकी प्रदेशमा ३८ जना संक्रमित थपिएका छन् ।

आइतबार बिहानकाे विवरण अनुसार स्याङ्जा, गाेरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

आज थपिनेमा स्याङ्जाका १४, बागलुङ र गोरखाका १०/ १० र नवलपुरका ४ जना छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाका १३, भिरकोट नगरपालिकाको १ जना छन् । त्यस्तै बागलुङको बडिगाड गाउँपालिकाका ९, ढोरपाटन गाउँपालिकाका १, गोरखाको गण्डकी गाउँपालिकाका ९, पालुङटार नगरपालिकाका १ जना छन् । त्यसबाहेक नवलपुरको हुप्सेकोट गाउँपालिकाका ४ जना पुरुष छन् ।

Advertisement

आज थपिएका सबै पुरुष हुन् । सबै संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकीमा संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया