गाेरखासहित ४ जिल्लामा ३८ संक्रमित थपिए, गण्डकीमा १ सय १३ पुगे
समाधान संवाददाता
२०७७ जेठ २५ गते ६:१६

पाेखरा
गण्डकी प्रदेशमा ३८ जना संक्रमित थपिएका छन् ।
आइतबार बिहानकाे विवरण अनुसार स्याङ्जा, गाेरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज थपिनेमा स्याङ्जाका १४, बागलुङ र गोरखाका १०/ १० र नवलपुरका ४ जना छन् ।
स्याङ्जाको वालिङ नगरपालिकाका १३, भिरकोट नगरपालिकाको १ जना छन् । त्यस्तै बागलुङको बडिगाड गाउँपालिकाका ९, ढोरपाटन गाउँपालिकाका १, गोरखाको गण्डकी गाउँपालिकाका ९, पालुङटार नगरपालिकाका १ जना छन् । त्यसबाहेक नवलपुरको हुप्सेकोट गाउँपालिकाका ४ जना पुरुष छन् ।
आज थपिएका सबै पुरुष हुन् । सबै संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकीमा संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ ।

सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया