स्थानीय तहले खरिद गरे भिटिएम
समाधान संवाददाता
२०७७ जेठ २५ गते १६:०६

नवलपरासी
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टिनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् ।
संघी सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका हुन् ।
सुनवल नगरपालिकाले ५ सय र सुस्ता गाउँपालिकाले ४ सय ५० भिटिएम खरिद गरेका हुन् ।
खरिद गरिएको भिटिएमलाई क्यारेन्टिनमा बसेकाको स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइने छ । जिल्लाका अन्य स्थानीय तहले समेत भिटिएम खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन् ।
यस जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् । यस जिल्लामा १५ वर्षीय किशोरीसहित १९ कोरोना संक्रमित छन् । रासस
सम्बन्धित
तपाईको प्रतिक्रिया