आइतबार थपिए २१३ संक्रमित

समाधान संवाददाता २०७७ जेठ २५ गते १६:५६

समाधान संवाददाता

नेपालभरका प्रयोगशालामा परीक्षण भएका नमूनाबाट आइतबार मात्र २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले विभिन्न जिल्लामा उक्त संक्रमित भेटिएका जानकारी दिए ।

Advertisement

संख्या थप भएसँगै नेपालमा ३४४८ जना संक्रमित भएका छन् । कोरोनाबाट हालसम्म १३ जनाको मृत्यु भएको छ भने ४६७ जना डिस्चार्ज भएको मन्त्रालयको अभिलेख छ । ७१ जिल्लामा संक्रमण फैलिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया