पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत १ जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ जेठ २५ गते १८:०५
समाधान संवाददाता
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत १ जनामा कोरोना पुष्टि भएको छ ।
स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय ति पुरुषको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले अस्पतालको प्रि आइसोलेसनमा रहेका उनलाई थप उपचारको लागि आइसोलेसनमा राखिएको जानकारी दिए ।
उनको सम्पर्कमा आएकाको खोजी सुरु भइसकेको निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोना संक्रमित हुनेको संख्या १ सय १४ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया