आँधीखोलाका कृषकलाई सम्मान

समाधान संवाददाता २०७७ जेठ २५ गते १८:३१

समाधान संवाददाता

Advertisement

कृषि क्षेत्रको उत्पादन बढाउन स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ ।

कृषि शाखाको आयोजनामा छनोटमा पर्न सफल कृषक तथा समूहलाई गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले नगद र प्रमाणपत्र सहित सम्मान गरेका छन् ।

Advertisement

गाउँपालिकाकी उपाध्यक्ष शर्मिलादेवी पौडेलको संयोजकत्वमा विभिन्न टोलका अनुगमन तथा मूल्यांकन मापदण्ड अनुसार २२ जना कृषक छनोटमा परेका थिए ।

गाउँपालिकाका विभिन्न वडाबाट मौरी पालनमा ३ जना, कुखुरा पालनमा २ जना, हाँस पालनमा १ जना र तरकारी फलफूल तथा मसलाबालीमा १६ जना गरी २२ जना छनोटमा परेका गाउँपालिकाले जनाएको छ ।

Advertisement

कृषिमा आकर्षण बढाउन कार्यक्रमले सहयोग पुर्याउने अध्यक्ष पौडेलले सुनाए । वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम ल्याइएको उनले बताए ।

तपाईको प्रतिक्रिया