विश्वभर कोरोना संक्रमित ७० लाख नाघे, ४ लाख बढीको मृत्यु

समाधान संवाददाता
कोरोना भाइरस महामारीबाट विश्वभर संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । वल््र्ड ओमिटरका अनुसार विश्वका ११५ देशमा फैलिएको कोरानाबाट ७० लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि ४ लाख नाघेको छ । अहिलेसम्म ४ लाख २ हजार ६८६ जनाको मृत्यु भैसकेको छ ।
संक्रमित मध्ये ३४ लाख २८ हजार भन्दा बढी सन्चो भएका छन्
संक्रमित मध्ये सबै भन्दा धेरै अमेरिकामा छन् । त्यहाँ मात्र झण्डै २० लाख संक्रमित भएका छन् भने १ लाख १२ हजार १०१ को ज्यान गएको छ ।
पछिल्लो समयमा भारतमा संक्रमित दर ह्वात्तै बढेको छ । भारत संक्रमितको संख्यामा विश्वका ५ राष्ट भन्दा पछि । भारतमा २ लाख ५० हजार नजिक पुगेका छन् भने करिब ७ हजार जनाको ज्यान गैसकेको छ ।
ब्राजिलमा ६ लाख ७६ हजार भन्दा बढी संक्रमित हुँदा ३६ हजार भन्दा बढीको ज्यान गएको छ । रसियामा ४ लाख ६७ हजार संक्रमित हुँदा ५ हजार ८५९ को ज्यान गएको छ ।
स्पेनमा २ लाख ८८ हजार बढी संक्रमित हुँदा २७ हजार १३५ मृत्यु भएको छ । त्यस्तै बेलायतमा २ लाख ८४ हजार संक्रमित हुँदा ४० हजार ४६५ को ज्यान गएको छ ।
कोरोना भाइरस सुरु भएको चिनमा भने निकै नियन्त्रणमा आएको छ । चिनमा आइतबार ६ जना मात्र नयाँ विरामी थपिएका छन् । अब चिनभर जम्मा ७० जना संक्रमित बाँकी छन् ।









मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
जेनजी आन्दोलनका सहिद अनिश: ‘परिवारको मियो नै उखेलियो, अब केले सान्त्वना होला ?’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया