गल्याङका स्वास्थ्य प्रमुखले गरे आत्महत्या !
समाधान संवाददाता
२०७७ जेठ २५ गते २२:०२
समाधान संवादादता
पोखरा
स्याङ्जाको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी आइतबार साँझ मृतावस्थामा भेटिएका छन् ।
उनी सिनिअर अहेव (अधिकृत छैटाैं) हुन् । आइतबार बिहान घरबाट निस्केका उनको शव साँझ पख घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ४६ वर्षे उनी गल्याङ नगरपालिका २ बटुवाका बासिन्दा हुन् ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले शाखा प्रमुख भण्डारीले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
उनका शव वालिङ ल्याएर प्राथिमक स्वास्थ्य चाैकीमा राखिएकाे प्रहरीले जनाएकाे छ । पछिल्लाे समय उनी आफ्नाे जिम्मेबारी र कामप्रति असन्तुष्टि जनाउँदै आएका उनी नजिकका साथीहरुले बताएका छन्
।
सम्बन्धित
तपाईको प्रतिक्रिया