पोखरा ९ का ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि
समाधान संवाददाता
२०७७ जेठ २६ गते ७:४४

समाधान संवाददाता
पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा ९ घर भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शमाले जानकारी दिए ।
संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले बताए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया