थपिए ३१४ संक्रमित

समाधान संवाददाता २०७७ जेठ २६ गते १६:४०

काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नयाँ थपिएकामध्ये २ सय ९४ पुरुष र २० जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ।

Advertisement

थपिएका संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

अहिलेसम्म संक्रमितमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।

Advertisement

सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना छन्।

तपाईको प्रतिक्रिया