नबिल बैंकले ल्यायो ‘जेन एन एकाउन्ट’योजना

समाधान संवाददाता
नबिल बैंकले घरैमा बसेर खाता खोल्ने ‘जेन एन एकाउन्ट’ सुविधा उपलब्ध गराएको छ । बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने गरी सो एकाउन्ट योजना सञ्चालनमा ल्याएको हो ।
उक्त योजनामा घरैमा बसेर खाता खोल्न सकिन्छ । यसमा आकर्षक ब्याज उपलब्ध बैकले जनाएको छ । मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट,क्रेडिट कार्डका साथै एनटिसी, एनसेलको टुजी डाटा प्याक निशुल्क जारी गरिएको छ।
बचतकर्ताको सुरक्षा सहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधासमेत प्रदान गर्ने बैंकले जनाएको छ । घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा छ । तिनको उपचारार्थ अत्यधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै योजना ल्याएको हो ।
रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पुर्याउने उद्देश्यका साथ नविल जेनेरेशन अकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरि १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलेर लाभ लिन सक्नेछन् । योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुआत गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया