नवलपुरमा ५ संक्रमित थपिए, प्रदेशभर १२० जनामा संक्रमण

समाधान संवाददाता २०७७ जेठ २६ गते १८:५०

समाधान संवाददाता

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । नवलपुरको २ पालिकाका ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय २० पुगेको हो ।

नयाँ संक्रमित नवलपुरको गैंडाकोट नगरपालिकाका वर्ष ३३ र ३९ का २ पुरुषमा कोरोना देखिएको हो । त्यसबाहेक कावासोती नगरपालिकाका वर्ष २१ र ४० का २ जना पुरुष र वर्ष ६३ का १ महिलामा समेत संक्रमण पुष्टि भएके छ ।

Advertisement

गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ छ । कोरोना संक्रमित १ पुरुषको आइतबार मध्यरातमा मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया