संक्रमितको शव गाड्न नदिन फुलबारी र भलामबासीको विरोध, केही पक्राउ

समाधान संवाददाता २०७७ जेठ २६ गते १८:४६

समाधान संवाददाता

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित स्याङ्जा वालिङ ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएपछि पोखरामा उनको शव व्यवस्थापन समस्या बनिरहेको छ ।

शव गाड्न रिठ्ठाघाटमा जेसिबिले खाल्डो खनिसक्दा त्यहाँ नपाइने अडानका साथ पोखरा ११ र २० का स्थानीयले विरोध थालेका छन् । विरोधमा उत्रिएकामध्य केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

भिडलाई तितरबितर पार्न प्रहरी तथा सुरक्षाको टोली अत्यधिक संख्यामा खटिएको प्रत्यक्षदर्शी बताएका छन् ।

संक्रमित व्यक्तिको आइतबार साँझ अस्पतालमै मृत्यु भएको थियो । उनमा विभिन्न प्रकारका दीर्घ रोग पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार दिउँसो मात्र उनमा कोरोना पुष्टि भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया