कोरोनाबाट मृत्यु भएका पुरुषको शव २० घन्टापछि व्यवस्थापन

समाधान संवाददाता २०७७ जेठ २६ गते १९:१८

समाधान संवाददाता

कोरोना संक्रमणबाट मृत्यु भएका स्याङजा वालिङका ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।

आइतबार मध्यराती मृत्यु भएका गुरुङ समुदायका ती पुरुषको शव पोखरा ११ रिठ्ठाघाटमा व्यवस्थापन गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । शव व्यवस्थापन गर्न नदिने स्थानीयको अवरोधका बीच साँझ ७ बजे सेती किनारको घाटमा गाडिएको हो ।

Advertisement

उनको आइतबार मध्यराती ११ः३५ बजे मृत्यु भएको थियो । मृतक पुरुषलाई वालिङ नगरपालिकाले जेठ २१ सुनौली नाकाबाट उद्धार गरेर ल्याएको थियो ।

मृतक पुरुषमा उच्च रक्तचाप, सुगर, रक्तअल्पता, सेप्टिसिमिया (रगतमा ब्याक्टेरियाको संक्रमण हुने रोग) र मृगौलासम्बन्धी समस्या थियो । वालिङका यी संक्रमित कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया