गण्डकीकाे विज्ञान प्रविधि विधेयक पारित

समाधान संवाददाता
पोखरा, २७ जेठ
गण्डकी प्रदेश सभाबाट ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ सोमबार पारित गरेको छ ।
उक्त विधेयक गत माघ ७ गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशसभामा टेबुल गरेका थिए । विधायन समितिबाट परिमार्जनसहित आएको विधेयक सोमबार सर्वसम्मत पारित भएको हो ।
प्रदेशसभाले आइतबार ‘गण्डकी प्रवाधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन विधेयक’ प्रदेशसभाबाट पारित भएको छ ।
प्रतिष्ठानले विज्ञान तथा प्रविधिको क्षेत्रमा ज्ञान, सीप र दक्षताको विकास गर्ने, प्राकृतिक स्रोत र साधनहरूको दिगो रूपमा उपयोग गरी जनताको आर्थिकस्तर वृद्धिमा सहयोग गर्ने, वैज्ञानिक प्रणाली र अनुसन्धानमुखी शिक्षा प्रदान गर्न सहयोग गर्ने तथा विकास र सेवाप्रवाहसँग सम्बन्धित कार्य गर्ने उद्देश्य राखेको छ ।
प्रदेशका प्राथमिकताका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरी दिगो विकास लक्ष्यसँग आबद्ध गर्ने, उपभोग्य र निकासीयोग्य वस्तुको उत्पादकत्व वृद्धि गर्ने प्रविधिको विकास गर्ने, गुणस्तर मापनको प्रविधि विकास गर्ने, लगायतका कार्यहरू गर्नेछ । यसको सर्वोच्च निकायका रूपमा कार्यकारी परिषद रहनेछ, जहाँ विभागीय मन्त्री अध्यक्ष र कार्यकारी निर्देशक सदस्यसचिव रहने गरी नौ जना सदस्य रहनेछन् ।
विधेयकले छुट्टै अनुसन्धान एकाई पनि स्थापना गर्न सकिने व्यवस्था गरेको छ । प्रतिष्ठानमा विज्ञान तथा प्रविधि विषयमा अनुसन्धानका लागि आवश्यकता अनुसार यस्ता एकाई स्थापना गर्न सकिने व्यवस्था विधेयकले गरेको छ ।
सोमबारको बैठकमा विधायसमित सभापति मोहनप्रसाद रेग्मी, अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले वार्षिक प्रतिवेदन संसदमा पेस गरेका छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया